पौराणिक कथा अनुसार यस कारण पारिजातको फुल सुर्यको किरण पृथ्वीमा आउनुभन्दा अगाडी भुईमा झर्छ

परैबाट सुगन्ध आउने सेतो अनि सुन्तला रंगको नली भएको यो फुलको वास्ना जो कोहीलाई मन पर्न सक्छ। यो फुलको सुगन्धबाट इन्द्र, कृष्ण , कुवेर र सत्यभामा समेत मोहित भएको शास्त्रमा लेखिएको छ । यो वृक्षलाई दुखित वृक्षको नाम पनि दिइएको छ । रातको समयमा फुल्ने अनि सुर्यको किरण पृथ्वीमा आउनुभन्दा अगाडी भुँइम झर्छ ।

पौराणिक कथा अनुसार, पारिजात एक राज खान्धानकी पुत्री थिइन् । उक्त राजपुत्रीले सूर्यलाई अति नै धेरै माया प्रेम गर्थिन्, तर सुर्यले नै उक्त राजपुत्रीलार्ई तिरस्कार गर्न थालेपछि सूर्यको प्रेममा डुबेकी राजपुत्रीमा वियोगको प्रेम पिडा सहन नसकेर राजपुत्री पारिजातले आत्महत्या गर्छिन् । राजपुत्रीको दाहसंस्कार भएपछि खरानी भएकी राजपुत्रीको खरानीबाट एउटा वृक्ष उत्पन्न हुन्छ जसको नाम पारिजात हो । त्यसैले यसलाई दुखित फुल भनिन्छ , भने रातको समयमा ढकमक्क फुल्ने यो फुल सुर्य उदाउनुपुर्व नै सबै भुर्ईमा झर्छ, जसबाट अनुमान लगाउन सकिन्छ कि सूर्यलाई पारिजातको फुलले मन पराउँदैन ।

यो जति सुगन्धित हुन्छ, यसको पात फुलले पनि हाम्रो स्वास्थ्यमा उति नै फाइदा गर्छ । पारिजातको फुललाई रस बनाएर खाएमा हृदय रोगहरु सन्चो हुन्छ , भने यसको ५ — ६ वटा पातलाई पानीमा उमालेर वा यसको धुलो बनाएर बिहान खाली पेटमा खाएमा बाथ तथा हाड जोर्नीको रोग निको हुन्छ । यसको नियमित प्रयोगले आऊँ, महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्ने आदिको समस्याबाट छुटकारा पाउन सकिन्छ । जसको लागि यसको पातलाई जुस बनाएर खानने गर्नुपर्छ ।

अनुहारलाई चम्किलो तथा सुन्दर बनाउन यसको फुलको लेप बनाई अनुहारमा लगाउन सकिन्छ । यसको गन्धले सारा थकान मेटाउनुको साथै जसको घरमा यसको वृक्ष हुन्छ त्यो घरमा शान्ति तथा सम्वृद्धि हुन्छ भन्ने विश्वास गरिन्छ ।

Comments

Back to top