संसारकै भयानक नरसंहार, जसले सय दिनमै मारे ८ लाख मानिस

सन् १९९४ को नरसंहारका प्रमुख नायिके तथा रूवान्डाली सेनाका पूर्व कर्णेलको मालीमा मृत्यु भएको थियो । थिवन्सटी बागोसोराको ८० वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको हो । मुटुसँग सम्बन्धित समस्यापछि उनको उपचारका क्रममा एक अस्पतालमा मृत्यु भएको हो ।

नरसंहारको समयमा उनी रूवान्डाको रक्षामन्त्री थिए । राष्ट्रसंघको अपराधसम्बन्धी अदालतले बागोसोरालाई आजिवन कारावासको सजाँय सुनाएको थियो । तर, पछि अर्को एक फैसलामा उनीमाथि लागेको सजाँय घटाई ३५ वर्ष कायम गरिएको थियो ।

तुत्सी जातीय समुदायको विद्रोह दबाउन उनी मुख्य भूमिकामा थिए । एक सय दिन लामो नरसंहारमा करिव आठ लाख जनाको मृत्यु भएको थियो । मारिनेमध्ये अधिकांश तुत्सी समुदायका थिए ।

१९९४ को ६ अप्रिलमा एक समूहले रूवान्डाका तत्कालिन राष्ट्रपति जुभेनेल हावयारिमनाको गोली हानेर हत्या गरेपछि नरसंहार सुरु भएको थियो । सन् १९९६ मा पक्राउ परेका बागोसोरालाई अन्तर्राष्ट्रिय अदालतले मानवताबिरोधी अपराध गरेको अभियोगमा आजिवन कारावासको सजाँय सुनाएको थियो । तीन वर्षपछि उनीमाथिको सजाँय घटाएर ३५ वर्ष कायम गरिएको थियो ।

यसै वर्षको सुरुमा आफूलाई रिहाई गर्न उनको तर्फबाट गरेका वकिलको निवदेनलाई अदालतले अस्वीकार गरेको थियो ।
एजेन्सी

Comments

Back to top