महान् व्यक्तिका १० अनमोल विचार

ईस्वी संवत अनुसार नयाँ वर्ष २०२४ सुरु भैसकेको छ। केही महान व्यक्तिका विचार आत्मसात गरेर नयाँ वर्षलाई तपाईं पनि शानदार बनाउन सक्नुहुन्छ ।

पहिलो विचार छ महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको, उनी भन्छन्, “जो व्यक्तिले कहिल्यै गल्ती गरेको छैन, उसले कहिल्यै पनि केही नयाँ गर्ने कोसिस गरेको छैन ।”

त्यसैले हरेक गल्तीबाट नै मानिसले नयाँ कुरा सिक्ने मौका पाउँछ । यसरी तपाईं नयाँ वर्षको सुरुआत गर्न सक्नुहुन्छ कुनै पनि काममा कोसिस गरेर ।

अर्का महान् व्यक्ति नेल्सन मन्डेलाले भनेका छन्, “आफ्ना लक्ष्यहरु ठूलो सोंच र तिनलाई प्राप्त गर्नका लागि दृढ संकल्प राख ।”

अर्को विचार छ महात्मा गान्धीको, “अनुभव एउटा महान् शिक्षक हो, त्यसैले गल्तीसँग डराउनु हुँदैन त्यसबाट सिक्नुपर्छ ।”

अर्को विचार मार्टिन लुथर किंगको छ, “आफ्नो सपनामाथि विश्वास गर्नुहोस् र तिनलाई पूरा गर्नका लागि हरेक दिन मेहनत गर्नुहोस् ।”

त्यस्तै अर्का विचारक स्वामी विवेकानन्दले भनेका छन्, “हरेक कामलाई तीन अवस्थाबाट गुज्रनुपर्ने हुन्छ, उपहास, विरोध र स्वीकृति ।”

सुकरातले भनेका छन्, “हरेक वर्ष एउटा मात्र नराम्रो बानीलाई त्याग्दै लगियो भने केही वर्षमै धेरै भन्दा धेरै नराम्रो व्यक्ति पनि राम्रो हुन सक्छ ।”

अर्का दार्शनिक राल्फ वाल्डो इमर्सनको भनाई छ, “यो कुरालाई आफ्नो मनमुटुमै लेख्नुहोस् कि यो वर्षको हरेक दिन सबैभन्दा राम्रो दिन हो ।”

त्यस्तै ब्रैड पैस्लेले नयाँ वर्षको पहिलो दिनलाई नै इंगित गर्दै भनेका छन्, “भोलि ३६५ पानाको किताबको पहिलो खाली पाना हो । राम्रो लेख्नु ।”

अर्को विचार रहेको छ विनोबा भावेको । उनी भन्छन्, “समय एकदमै अमूल्य छ, यसलाई बेकारमा जान नदेउ, यसको सदुपयोग गर ।”

Comments

Back to top