नेपाली सेनाका वीर जनरल रणवीर सिंह जसले युद्धभूमिबाटै अंग्रेजका कमाण्डर भगाएका थिए

गोर्खा बोर्लाङका जनरल अमर सिंह थापाका धेरै छोराहरु मध्ये कमान्डर इन चिफ (मुख्तियार पनि भनिन्छ) भीम सेन थापा, काजी बखताबर सिंह, काजी नयन सिंह, जनरल रण वीर सिंह थापा लगायत हुन्।

भीमसेन थापाका बाजे वीर भद्र थापा तनहुँका बासिन्दा थिए । उनी प्रधानसेनापति काजी शिव राम सिंह बस्न्यातका सालो भएकाले उनैको सिफारिसमा गोर्खा राजदरबारमा जागिर दिलाए, शिव राम सिंहले ।  

नेपाल-अङ्ग्रेज युद्धमा रणबीर सिंह मकवानपुर दरबारमा मुख्यालय राखी पूर्वमा कोशीदेखि पश्चिममा नारायणी नदीसम्मको भूभागको युद्ध सन्चालनको जिम्मेवारी लिएर बसेका थिए । अङ्ग्रेजतर्फ जनरल बेनेट  मार्ले एक डिभिजन अर्थात ३ बाहिनी सेना लिएर बागमती नदीदेखि पर्सासम्मको विशाल ईलाका कब्जा गर्न अघि बढेका थिए ।

जब युद्ध सुरु भयो जनरल रणबीर सिंहको योजना अनुसार हाल रौतहटको "लडैया समनपुर" बाराको "बारा गढी" र पर्साको "पर्सा गढी" को युद्धमा अङ्ग्रेजका सेना धेरै मारेर युद्ध जिते ।

जनरल रणबीर सिंहको योजनाबद्ध आक्रमणबाट तहसनहस भएपछि अङ्ग्रेज जनरल मार्ले युद्ध भूमिबाट भागे । डिभिजन कमान्डर भागेको त्यो  दिनसम्मको पहिलो घटना थियो, संसारका सेनाकाे इतिहासमा ।

महान याैद्धा जनरल रणबीरको लामो ईतिहास रहेकाे छ। तर यिनको सालिक बनाउने, स्‍मृति सभा गर्ने, थप  ईतिहास लेख्ने काममा नेपाल सरकार, नेपाली सेना र यिनका परिवार समेतको जोड बल नपुगेको ठानिएको छ ।

जनरल रणबीरको घर काठमाडौंको लगन (लगन सिलखाना भएको घर) र सिन्धुपाल्चोकको सिपा हबेलीमा समेत थियो। यिनका सन्तान हजारौं छन् होला ? पूर्व मन्त्री विष्णु विक्रम थापा, उद्याेगी शम्भु विक्रम थापा, लगननिवासी सुशील विक्रम थापा, कर्नेल रवी विक्रम थापा , पूर्व मन्त्री नेत्र विक्रम लगायत हुन् ।

Comments

Back to top