साँझको समयमा किन गरिदैँन अन्तिम संस्कार ?

शास्त्रहरुमा केही त्यस्ता कुरा बताइएको छ जो हाम्रो जीवनसँग जोडिएको छ । यस्तै एउटा कुरा छ, जसमा सूर्यास्त भइसकेपछि अन्तिम संस्कार नगर्नु पनि रहेको छ ।

तपाईंले पनि यो कुरा सुन्नु र देख्नु भएको होला । यस्तो किन गरियो भनेर सायद थाहा नहुन सक्छ । आज त्यही विषयमा बुझौं ।

पुराणहरुका अनुसार व्यक्तिको अन्तिम संस्कार सूर्यास्तपछि गर्नाले उसले मोक्ष प्राप्त नगर्ने बताइएको छ । यस्तोमा दाह संस्कार रातको समयमा हुँदैन ।

रात अर्थात सूर्यास्तपछि अन्तिम संस्कार गर्नाले स्वर्गका सबै ढोका बन्द हुने मान्यता छ । जसले गर्दा व्यक्ति मृत्युपछि नर्क जाने तर्क गरिएको छ ।

यसले उसलाई अर्को जन्ममा कुनै अंग दोष पनि लाग्न सक्ने बताइएको छ ।

हिन्दु धर्ममा अन्तिम संस्कार पूरा विधि विधानसँग गरिन्छ । यदि यसो गरिँदैन भने मनुष्य योनीबाट मुक्त नहुने मान्यता छ ।

मनुष्यको अन्तिम संस्कार विधि विधानसँग गरिएन भने उसको आत्मा भट्कीरहन्छ र मोक्ष हुनबाट बन्चित हुन्छ भनिएको छ ।

Comments

Back to top