सफल मानिसका १५ बानी

मानिसहरूले आफ्नो जीवनमा करौडौं शब्दहरू, हजारौं पुस्तकहरू, हजारौं लेखहरू पढि सकेका हुन्छन् तापनि सफल बन्न भने सकेका हुँदैनन् । किन यस्तो हुन्छ ? एकपटक यी तल उल्लेखित बानीहरूको अध्ययन गरी आफ्नो बानीलाई एकपटक अध्ययन गर्नुहोस्, आफ्नो बानी र तल उल्लेख गरिएका बानीहरूको बारेमा के फरक छ ?

यसको विश्लेषण गरी आफ्नो जीवनमा प्रयोग गर्नुहोस्। यसबाट गहिरो प्रेरणा, बुद्धि र अन्तरदृष्टिलाई सुधार गर्न मद्दत गर्छ । निम्न बानीहरू दैनिक भवनमा अझ समर्थनात्मक र व्यावहारिक हुन्छन् जसले संसार जित्न सजिलो हुन्छ ?

१) जहाँ अरूले केही देख्दैनन् तिनीहरू खोज्छन् र अवसरहरू पाउँछन्, २) अन्य व्यक्तिहरूले समस्या नै समस्या मात्र देख्छन् तर उनीहरू अवसरै अवसर मात्र देख्छन् । ३) हरेक समस्याको समाधानमा मात्र केन्द्रित हुन्छन् । ४) संचततापूर्वक र विधिपूर्वक आफ्नो सफलता सिर्जना गर्छन् तर आस गरेर बस्दैनन्।

५) अरूझै सरल देखिन्छन तर काम भने विशिष्ट र उत्कृष्ट गर्छन् । ६) एउटा उत्पादनशील, सिर्जनात्मक र सकारात्मक प्रश्नहरूमात्र गर्छन्, ७) बिरलै सिकायत (शक्तिको बर्बादी) गर्छन्, ८) अरूलाई दोष लगाउदैनन्, आफूले गरेका कार्यहरू र परिणामका लागि पूर्ण जिम्मेवारी आफै लिन्छन् । ९) सम्भावनालाई सधैं अगाडि बढाउने र अझ प्रभावकारी तरिकाले प्रयोग गर्ने चाहना गर्छन् ।

१०) सधैं व्यस्त हुन्छन्, उत्पादनशील र क्रियाशील योजनामा व्यस्त हुन्छन्, ११) आफ्नो टिमको एउटा हिस्सा म पनि हुँ भन्ने बुझदछन् र जित जितको सम्बन्ध सिर्जना गर्दछन् १२) बढी महत्वकाँक्षी हुन्छन्, कल्पना गर्न चाहन्छन्, सबैभन्दा राम्रो जीवन बाँच्न चाहान्छन् । त्यसैगरी उच्च जीवन बिताउँछन् । १३) स्पष्ट र निश्चित दृष्टिकोण हुन्छ कि जीवनका लागि के तिनीहरू चाहन्छन वा चाहँदैनन् ।

१४) नक्कल गर्नभन्दा अन्वेषण गर्न रुचाउँछन्, १५) अन्य व्यक्तिलाई पर्खेर आफ्नो समय खेर फाल्दैनन्

Comments

Back to top