तुलसीको बोटमा कुन दिन पानी चढाउनु हुँदैन ?

हिन्दु धर्ममा तुलसीको बोटलाई पूजनीय मानिन्छ । सामान्यतया सबैको घर वा घरको आँगनमा तुलसीको बिरुवा पक्कै पाइन्छ । यो बिरुवाबाट घरमा लक्ष्मीको वास हुने जनविश्वास छ । यसका साथै भगवान् विष्णुको कृपा पनि कायम रहन्छ । वास्तुशास्त्रमा यो बोटको विशेष महत्त्व रहेको छ ।

यस बिरुवामा धेरै औषधीय गुणहरू पनि पाइन्छ । शास्त्रअनुसार हरेक दिन तुलसीको बिरुवाको पूजा गरी जल चढाउनु शुभ मानिन्छ । तर कतिपय दिन यस्ता पनि हुन्छन् जब तुलसीको बोटलाई पानी चढाउनु अशुभ मानिन्छ । वास्तुशास्त्रका अनुसार यस दिन तुलसीको बोटमा जल चढाउँदा धनको हानि हुन्छ र घरमा नकारात्मक ऊर्जाको वास हुन्छ । जान्नुहोस कुन दिन तुलसीको बोटलाई पानी चढाउनु हुँदैन ।

१. आइतबार तुलसीको बोटलाई पानी चढाउनु हुँदैन र पात पनि टिप्नु हुँदैन भनिन्छ ।
२. ज्योतिषीहरुका अनुसार तुलसीको बोटलाई बढी पानी चढाउनुको सट्टा उचित मात्रामा पानी चढाउनुपर्छ । अन्यथा बिरुवा सुक्छ वा क्षतिग्रस्त हुन्छ।
३. एकादशी र सूर्य ग्रहणको समयमा पनि तुलसीमा जल चढाउनु हुँदैन र पातहरू चुड्नु हुँदैन ।
४.वास्तुअनुसार तुलसीको बोट उत्तर वा उत्तर–पूर्व दिशामा मात्र लगाउनुपर्छ ।
५. तुलसीको बिरुवा कहिल्यै पूर्व दिशामा रोप्नु हुँदैन । यसो गर्दा आर्थिक संकट निम्त्याउन सक्ने बताइएको छ ।
६. अत्याधिक चिसो वा गर्मीमा तुलसीको बिरुवा नष्ट हुन सक्छ, त्यसैले बिरुवाको वरिपरि कपडा लगाउन सकिन्छ ।

Comments

Back to top