वैज्ञानिककाे खुलासाः यसरी भयो पृथ्वीमा प्राणीको सृष्टि

वैज्ञानिकहरुले सबैभन्दा पहिले पृथ्वीमा प्राणीहरु कसरी आए भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन्। यो यस ग्रहकै लागि पनि महत्वपूर्ण समय थियो जुन विना मानवीय अस्तित्व नै सम्भव थिएन ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीका शोधकर्ताले मध्य अस्ट्रेलियाको प्राचीन चट्टानी अवशेषको विश्लेषण गर्दै यसबारे पत्ता लगाएका हुन् । उनीहरुका अनुसार प्राणीहरुको विकास ६५ करोड वर्ष पहिले शैवाल (हरियो लेउजस्तै पानीमा पाइने एक किसिमको वनस्पति)को उदयसँगै सुरु भएको थियो । 

एएनयूका सहायक प्राध्यापक जेसेन ब्रोक्सका अनुसार उक्त चट्टानलाई पिसेर धूलो बनाइयो र प्राचीन जीवाणुलाई यसमा निकालियो । शैवालको उदयसँगै पृथ्वीको इतिहासमा सबैभन्दा महत्वपूर्ण परिस्थितिजन्य क्रान्ति सुरु भयो । योविना मानिस र अन्य प्राणीको अस्तित्व पनि सम्भव हुँदैन ।

नेचर पत्रिकामा प्रकाशित यो शोधको नेतृत्व ब्रोक्सले नै गरेका हुन् । उनका अनुसार ६५ करोड वर्षपहिलेको यो घटना इकोसिस्टम (जलवायुसम्बन्ध)को क्रान्ति थियो, र शैवालको उदय भयो ।

समुद्रमा भएको पोषक तत्वहरुको उच्चस्तर र अनुकूल विश्वतापमानले गर्दा शैवाल बन्ने परिस्थितिको सिर्जना भयो । वैज्ञानिकहरुले चट्टानमा आणविक जीवाश्मको खोज गरेका हुन् । पूरै पृथ्वी चिसो हुनुसँग जिन्दगीको सिधा सम्बन्ध रहेको उनीहरुको भनाइ छ। 

Comments

Back to top