विरालोले बाटो काट्दा अशूभ हुन्छ भन्नेमा कति भ्रम कति सत्य ? यस्तो छ वास्तविकता

जब हामी कतै गइरहेका हुन्छौं त्यो बेलामा कालो विरालोले बाटो काट्यो भने अशुभ होला भनेर केहीबेर रोकिन्छौं। केही त हिँडिरहेको बाटो नै बदलिदिन्छन्। पूर्वीया समाजमा कालो विरोलाई अशुभ र नकारात्मक शक्तिसँग जोडेर हेरिन्छ। कालो विरालो मात्र होइन जस्तो सुकै रङको विरालोले बाटो काट्यो या रोयो भने त्यसलाई हाम्रो समाजले अशुभ मान्छ।

पूर्वमा मात्र होइन केही पश्चिमा मुलुक जस्तै अमेरिका र रोमानिया जस्ता देशमा पनि विरालोले बाटो काट्नुलाई अशुभ मानिन्छ। अर्कोतर्फ ब्रिटेन र जापान जस्ता देशमा कालो विरालोले बाटो काट्यो भने शुभ मानिन्छ। कुनै कुनै देशमा त घरमा विरालो पाल्यो भने नकारात्मक उर्जा आउँछ भनेर घरमा समेत पाल्ने गरिँदैन। संसारभर विरालोसँग जोडिएका शुभ र अशुभका भ्रम फैलिएको छ।

नेदरल्यान्ड्स :- नेदरल्यान्ड्मा विरालोलाई एउटा कुरौटे प्राणीको रुपमा लिने गरिन्छ। आफ्नो खुसीका लागि विरालोले मानिसहरुको गोप्यतालाई भंग गरिदिन्छ भन्ने विश्वास गरिन्छ। त्यसकारण नेदरल्यान्ड्समा घरको कुनै कोठामा विरालो बसेको छ भने त्यस कोठामा बसेर मानिसहरुले अत्यावश्यक र गोप्यखालका कुराहरु गर्दैनन्।

जर्मनी :- जर्मनीमा विरालोसँग जोडिएको मान्यता केही फरक छ। जर्मनहरुले जब कालो विरालोले दाँयाहुँदै बायाँतर्फ बाटो काट्यो भने यसले अशुभ निम्त्याउँछ भन्ने मान्यता राख्छन्। तर, बाँयाबाट दायाँतर्फ बाटो काट्यो भने साइतपर्छ भन्ने सोच्छन्। योबाहेक जर्मनीको केही क्षेत्रका मानिसहरुले कुनै केटीको विवाह हुन सकिरहेको छैन भने त्यो बेला केटीले आफ्नो जुत्तामा खाना राखेर विरालोलाई खुवाउने हो भने उसको चाँडै विवाह हुन्छ भन्ने विश्वास गर्छन्।

इटली :-  इटलीमा विरालोलाई शुभ र अशुभ दुबै संकेतसँग जोडेर हेर्ने गरिन्छ। यदि विरालोले हाच्छिउँ गरेको देखियो भने त्यसलाई ‘गुडलक’ मानिन्छ। इटलीबासीको अर्को के पनि मान्यता छ भने यदि विरालो कुनै विरामी व्यक्तिको विस्तारामा गएर बस्यो भने त्यस व्यक्तिको चाँडै मृत्यु हुन्छ।

जापान :-  जापानीहरुले विरालोले आफ्नो पञ्जाले मुख धुँदै गरेको देखे भने घरमा पाहुना आउँदैछ भन्ने सोच्छन्।

चीन :- चीनमा कालो विरालोलाई अकाल र गरिबी ल्याउने प्रतिकको रुपमा लिइन्छ। उता लातविया भन्ने देशमा किसानले खेतमा विरालोको बच्चा खेलिरहेको देखे भने बालिनाली सप्रिने विश्वास गर्छन।

स्कटल्यान्ड :-  स्कटल्यान्डका मान्छेहरुले घरको धुरीमा विरालो बसेको देखेभने त्यसले धन र समृद्वि ल्याउँछ भन्ने मान्यता राख्छन्।

आयरल्यान्ड :- रातको समयमा जुन देखिएको छ र त्यो बेलामा विरालोले बाटो काट्यो भने देख्ने मान्छेलाई भयानक रोग लाग्ने विश्वास आयरल्यान्डबासीले गर्दछन्।

इन्डोनेशिया :- इन्डोनेशियाको केही ठाउँमा विरालोलाई मौसमसँग जोडेर हेरिन्छ। यदि लामो समयसम्म पानी परेन भने त्यो बेला विरालोमाथि पानी खन्याइयो भने बर्षा हुने विश्वास त्यहाँका मानिसहरुले गर्दछन्।

Comments

Back to top