जाडोमा सेतो तीलका फाइदा

जाडोमा सेतो तीलको सेवन स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसका बीजमा भिटामिन तथा मिनरल्सको मात्रा अत्यधिक हुन्छ जसले शरीरलाई कैयौँ बिमारीहरूबाट टाढा राख्ने गर्छ । यसका फाइदाहरूका बारेमा विस्तारमा जान्नुहोस्–

सेतो तीलमा फाइबर, मिनरल्स, आइरन, क्याल्सियम, जिंक, नियसिन जस्ता पोषक तत्त्वहरू पाइन्छन्, जसले शरीरमा ऊर्जा प्रदान गर्छ ।

यदि तपाईँ उच्च रक्तचापको समस्याले ग्रस्त हुनुहुन्छ भने सेतो तीलको सेवन गर्नुहोस् । यसमा पाइने म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

सेतो तील मुटु रोगी तथा मुटुका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने एन्टीअक्सीडेन्ट तथा एन्टीइन्फ्लामेटरी गुणले मुटुलाई स्वस्थ राख्छ ।

सेतो तीलको सेवन तनाव कम हुन्छ । यसका बीजमा पाइने गामा टोकोफेरोलले शरीरमा भिटामिन ई को कमीलाई पूरा गर्छ जसले तपाईँको मानसिक स्वास्थ्यलाई फाइदा गर्छ ।

सेतो तीलको सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । जसले गर्दा तपाईँ छिटो बिरामी हुनबाट बच्नुहुन्छ । यसले सम्पूर्ण शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।

Comments

Back to top