सपना पूरा गर्नको लागि कुनै उमेर हुँदैन, विरिडियाना अरलवरेज चावेजबाट केहि सिकाैँ

कयौँ चेलीहरु बच्चामा ठूला ठूला सपना देख्छन् । कोहि अन्तरिक्षमा पुग्ने चाहना राख्छन त कोहि संसारको सबैभन्दा अग्लो स्थान हासिल गर्न चाहन्छन्। यस्तै सपना मेक्सिकोको विरिडियाना अरलवरेज चावेजले पनि देखेकी थिइन् ।

विरिडियाना एक पर्वतारोही हुन् र उनले शिर्षमा पुग्ने आफ्नो सपना तीन ठूला उचाइमा पुगेर पूरा गरिन् । उनले एक वर्ष अर्थात ३६४ दिनमा यो काम गरेर देखाइन् र गिनीज बुक वर्ल्ड रेकर्ड पनि बनाइन् ।

साहस र आत्मविश्वासको अदम्य उदाहरण प्रस्तुत गर्दै तीन सबैभन्दा अग्ला पहाडमा सबैभन्दा छिटो पुग्ने महिला पर्वतारोही बनिन् ।

विरिडियानाको यात्रा १६ मे २०१७ मा सगरमाथा बाट भएको थियो । सगरमाथाको उचाई ८८४८ मिटर छ । यसपछि उनले जुलाई २०१८ मा केटू पर्वत चढिन जसको उचाई ८६११ मिटर छ । साथै उनले अर्को अग्लो शिखर १५ मे २०१९ मा कञ्चनजंघा चढिन् ।

विरिडियाना केवल पर्वतारोही मात्र होइनन् उनी युवासँग रहेर पनि काम गर्छिन् । उनी युवाको संदेश फैल्याउन, सकारात्मक दृष्टिकोण, अनुशासन र लक्ष्यको प्राप्ति गर्नको लागि निरन्तर महत्व र प्रकाश फैल्याउँछिन् । उनले नोकरी छाडेर आफ्नो लक्ष्य पूरा गरेकी हुन् । उनी १४ अग्ला शिखर चढ्न चाहन्छिन् । अहिलेसम्म पाँच चढिसकेकी छन् ।

विरिडियानाबाट के सिक्ने ?

जीवनमा सफलता उसलाई प्राप्त हुन्छ जो जीवनप्रति सकारात्मक दृष्टिकोण राख्दछ । अनुशासन बिना कोहिपनि व्यक्ति सफल हुन सक्दैन । यस्तै आफ्नो लक्ष्य प्राप्त गर्नको लागि निरन्तरता चाहिन्छ । साथै सफलता हसिल गर्न कुनै उमेर हुँदैन, तपाईंले चाहे अकल्पनीय सपना पनि पूरा हुन सक्छ ।

Comments

Back to top