यूरिक एसिड कम गर्ने पानी

यूरिक एसिडको समस्या अहिलेको समयमा हरेक उमेर समूहका मानिसलाई देखिन थालेको छ । शरीरमा यूरिक एसिडको मात्रा बढ्नाले जोर्नीहरुमा दुखाई बढ्छ ।

जसले गर्दा बिरामीलाई उठ्न बस्न समस्या आउन थाल्छ । यस्तोमा तपाईं घरमै पनि यो रोगको व्यवस्थापन गर्न सक्नुहुन्छ । त्यो पनि मात्र एक गिलास मेथी र धनियाको पानीले । आउनुहोस् जानौं तरिका:

शरीरमा भएको प्यूरिनको मात्रा बढ्दा शरीरमा यूरिक एसिड बढ्छ । यस्तोमा खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कयौं त्यस्ता चीज छन् जसको सेवनले बढेको यूरिक एसिडलाई नियन्त्रण गर्न सकिन्छ ।

धनियाँ

यसमा एन्टीइन्फ्लामेटरी तथा एन्टीअक्सीडेन्ट्स गुण पाइन्छ जसले यूरिक एसिडबाट सुन्निएको समस्यालाई कम गर्न सहयोग गर्छ । अक्सीडेटिव तनावलाई कम गरेर धनियाँको बीज उच्च यूरिक एसिडसँग लड्ने काम गर्छ ।

मेथी

मेथीका बीजले शरीरमा यूरिक एसिड मेटाबोलिज्मलाई नियन्त्रण गर्न सहयोग गर्छ । यसमा हुने एन्टीइन्फ्लामेटरी गुणलाई उच्च यूरिक एसिडलाई कम गर्छ ।

पानी बनाउने विधि

एक चम्चा मेथी र एक चम्चा धनियाँका बीजलाई एक गिलास पानीमा रातभरका लागि भिजाएर राख्ने । बिहान यस पानीलाई छानेर एउटा गिलासमा राख्ने ।

सेवन गर्ने तरिका

बिहान यस पानीलाई छानेर खाली पेट पिउने । केही हप्ता लगातार यसको सेवन गर्नाले यूरिक एसिडलाई नियन्त्रण गर्न सहयोग हुन्छ ।

यूरिक एसिडमा शरीर सुन्निने समस्यालाई कम गर्न तपाईं यस पानीको सेवन गर्न सक्नुहुन्छ । यो स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।

यूरिक एसिडको समस्यामा यस पानीको सेवनले तपाईं आफ्नो स्वास्थ्य अवस्था अनुसार स्वास्थ्य विशेषज्ञ वा डाक्टरसँग सल्लाह लिनुहोस् । घरेलु विधिबाटै निको हुने अवस्थाको छ भने मात्र यो उपाय अपनाउनुहोस् । अन्यथा समस्या धेरै नै बढेको अवस्थामा विशेषज्ञकै सल्लाह अनुसार उपचार गराउनु पर्ने हुन्छ ।

Comments

Back to top