पटक पटक पिसाब लाग्छ, कतै मधुमेह भएको त होइन ?

मधुमेह परिचय 
मधुमेह रोग यस्तो अवस्था हो, जसमा रगतमा चिनीको मात्रा बढी हुन्छ । यो रोग प्यानक्रियाजबाट उत्पादन हुने हर्मोन इन्सुलिनको उत्पादनमा कमी हुँदा हुने कमीको कारणबाट हुन्छ । यसका प्रकारहरु 

टाईप १ मधुमेह 
टाईप २ मधुमेह 


गर्भवती अवस्थामा लाग्ने मधुमेह 

टाईप १ मधुमेह 
यस प्रकारको मधुमेहमा शरीरको प्रतिरोधात्मक प्रणालीले इन्सुलित उत्पादन गर्ने प्यानक्रियाजका कोषहरुलाई क्षति गर्ने भएको कारणले शरीरले पूर्ण रुपमा इन्सुलिन उत्पादन गर्न बन्द गर्छ । यो साधारणतया किशोरकिशोरी तथा बालबालिकामा देखा पर्छ । 

टाईप २ मधुमेह 
यस प्रकारको मधुमेहमा प्यानक्रियाजले अपर्याप्त मात्रामा इन्सुलिनको उत्पादन गर्छ वा उपलब्ध इन्सुलिनलाई शरीरले सही ढंगबाट उपयोग गर्न सक्दैन । यो धेरैजसो वयस्कहरुमा र प्राय बढी तौल र मोटोपना भएका व्यक्तिहरुलाई लाग्ने गर्छ। 

गर्भवती अवस्थामा हुने मधुमेह 
यो एक अस्थायी प्रकारको मधुमेह रोग हो । यो बच्चा जन्मिएपछि सामान्य अवस्थामा फर्किन्छ तर पछि गएर मधुमेह रोग हुने जोखिम बढाउँछ । 

पूर्व मधुमेह अवस्था 
यो मधुमेहको यस्तो अवस्था हो, जहाँ रगतमा चिनीको मात्रा सामान्य भन्दा बढी हुन्छ तर मधुमेह रोगको निदानको लागि हुनुपर्ने जति बढी हुँदैंन । यस्तो अवस्थामा व्यक्तिहरुको बैलैमा उपचार  र सतर्कता अपनायो भने पछि गएर मधुमेह रोग र यसबाट हुने जटिलताबाट बच्न सक्छन् । 

मधुमेहका लक्षणहरु 

बिना  कारण थकान महसुस हुने । 

खाना राम्रोसँग खाए पनि शरीरको तौल घट्दै जाने । 

सामान्य घाउ खटिरा निको हुन पनि लामो समय लाग्ने । छाला, मुत्राशय र गिजामा बारम्बार संक्रमण हुने ।

धेरै चिलाउने । हात गोडा निदाउने । 

आँखा धमिलो देखिने । 

प्यास धेरै लाग्ने । 

भोक बढी लाग्ने । 

लक्षणहरु देखा परेको आधारमा मात्र मधुमेह छ वा छैन यकिन गर्न सकिदैंन । यसको लागि थाहा पाउने एक मात्र उपाय रगतमा चिनीको मात्रा परीक्षण गराउनु नै हो । स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्तिले मधुमेह रोग छ वा छैन भनी पत्ता लागाउन एक वा बढी किसिमका रगत परीक्षण गराउन सक्छ । 

उपचार 
मधुमेह रोग लागेका व्यक्तिहरुले नियमित रुपमा औषधि सेवन गर्नुपर्छ । 
सन्तुलित स्वस्थ् खाना खानुपर्छ । 
शारीरिक सक्रियताका साथै नियमित रगत परीक्षण गराउनुपर्छ । 
गोडाको तल्लो भागको विशेष ध्यान दिनुपर्छ । 
नियमित आँखा जाँच गराउनुपर्छ । 

Comments

Back to top