घरमा यी विरुवा लगाउँदा रहनेछन् लामखुट्टे टाढा!

लामखुट्टेले टोक्दा डेंगु, मलेरिया जस्ता कैयौं गम्भीर रोग पनि हुन्छन् । यस्ता रोगले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पूर्ण रुपमा प्रभावित गर्दछ । जसले गर्दा निको हुन पनि एकदमै समय लाग्छ । यस्तोमा घरमा केही विरुवाहरु लगाएर पनि लामखुट्टे वरिपरि आउनबाट जोगाउन सकिन्छ । जानौं ती विरुवाका बारेमा–

लेमन ग्रास

लेमन ग्रासले लामखुट्टेलाई घरभित्र छिर्नबाट रोक्छ । यो विरुवाको अम्लीय गन्धका कारणले लामखुट्टे वरिपरि आउन पाउँदैनन् । यो चियाका लागि प्रयोग गर्न सकिन्छ ।

तुलसी

तुलसीको विरुवाले लामखुट्टेका लार्भालाई मार्ने काम गर्छ । साथमा झ्यालको नजिकै यो विरुवा राखेमा लामखुट्टे भित्र छिर्न पाउँदैनन् । प्रायः घरको आँगनमा यो विरुवा लगाउने सल्लाह दिइन्छ ।

लेभेन्डर
लेभेन्डरको विरुवा एकदमै सुन्दर हुन्छ । यसको विरुवाले पनि लामखुट्टेलाई घरबाट भगाउँछ । तर घामको आवश्यकता पर्ने भएकाले यो विरुवालाई घरको बाहिर लगाउने गरिन्छ ।

नीम

लामखुट्टे, झिंगा, तथा अन्य किराहरुलाई घरबाट भगाउनका लागि नीमको बोटलाई एकदमै राम्रो मानिन्छ । यदी तपाईंको घरको वरिपरि अलि धेरै खाली जमिन छ भने नीमको रुख अवश्य लगाउनुहोस्।

सिट्रोनेला

सिट्रोनेलालाई ओडोमास रुखको नामले पनि चिनिन्छ। सिट्रोनेला एउटा घाँस हो जसलाई तपाईंले आफ्नो करेसा वा फूलबारीमा लगाउन सक्नुहुन्छ । यसलाई लगाउँदा लामखुट्टे वरिपरि आउँदैनन् ।

पुदीना

पुदीनाको विरुवा घरमा लगाउँदा लामखुट्टे आउँदैनन्। पुदीनाको तेल वा मिन्ट एक्सट्रेक्ट कीटनाशक औषधी जस्तो असरदार हुन्छ । त्यसैले घरको झ्यालको नजिक पुदिना लगाउनुहोस् ।

Comments

Back to top