आलुमिनियमको भाँडोमा पकाएको खानाले स्वास्थ्यमा पर्नसक्छ गम्भीर असर

पहिलेको जमानामा माटोको भाँडोमा खाना पकाइन्थ्यो तर आजकल जमाना बदलिँदै जाँदा मानिसहरू नयाँ भाँडाकुँडामा खाना पकाउन थालेका छन्।

खाना पकाउनका लागि पीतल, काँस, चाँदी, फलाम, आलुमिनियम, स्टील र ननस्टिक कूकवेयरको उपयोग हुन्छ । यी सबै भाँडामा खाना पकाउनुका आआफ्नै फाइदा र नोक्सानी छन् तर आलुमिनियममा खाना पकाएर खानु चाहिँ स्वास्थ्यमा खेलवाड गर्नु नै हो।

तर अचम्मको कुरा चाहिँ आलुमिनियम नै आजभोलि भान्सामा अत्यधिक उपयोग हुन्छ । यो दुई कारणले हुन्छ : पहिलो, यसमा खाना छिट्टो पाक्छ र दोस्रो, यो अरू भाँडोभन्दा सस्तो हुन्छ । तर सस्तो खोज्ने नाममा स्वास्थ्यसँग सम्झौता गर्नु ठीक होला त ?

आलुमिनियमको भाँडोमा पकाएको खानाको स्वाद र रंग दुवै बदलिन्छ किनकि चारदेखि पाँच मिलिग्राम आलुमिनियमको मात्रा प्रत्येक दिन हाम्रो भोजनमा पर्छ र त्यसले भोजनको प्राकृतिक पोषणलाई नष्ट गर्छ।अझ महत्त्वपूर्ण त, यो धातुलाई हाम्रो शरीरले निकाल्न पनि सक्दैन र अलि अलि गर्र्दै हाम्रो शरीरमा जम्मा हुन थाल्छ । यसले स्लो पोइजनको काम गर्छ ।

आलुमिनियम बक्साइटबाट बन्छ। शरीरका अन्य विषाक्त पदार्थ मलमूत्रद्वारा शरीरबाट निस्केपनि आलुमिनियमको कण चाहिँ शरीरबाट निस्कँदैन । यो त पेटमा जम्मा भएर शरीरको कार्यप्रणालीलाई बिगार्न थाल्छ।
लामो समयसम्म यस्तो भाँडोमा खाना खाँदा यो धातु कलेजो र नर्भस सिस्टममा पस्छ र अनेकौं रोगको कारण बन्छ । दम, पेटको रोग, अल्झाइमर्स, बाथ, मानसिक रोग, क्षयरोग र हाडको रोग पनि यसले गराउँछ ।

यसले मिर्गौला र मस्तिष्कका कोशिकाहरूमा क्षति पु–याउँछ ।आलुमिनियम नून र एसिडको सम्पर्कमा आउनेबित्तिकै पग्लिन थाल्छ र यसको कण खानेकुरामा सजिलै मिसिन्छ । भोजनमा भएको आइरन र क्याल्सियमलाई आलुमिनियमले सजिलै सोसिदिन्छ । यसले गर्दा हाड कमजोर हुन्छ ।

बच्चाहरूलाई यसले अत्यधिक असर गर्छ । अनुसन्धानले देखाएअनुसार, आलुमिनियमले बालबालिकाको मानसिक विकासलाई रोकिदिन्छ । उनीहरू मानसिक रूपमा थाक्छन् र खेल्न तथा अरू काम गर्न उनीहरूलाई मन लाग्दैन ।आलुमिनियमभन्दा फलामको भाँडो ठीक हुन्छ । यसमा खाना पकाउँदा भरपूर आइरन पाइन्छ । तर फलामको भाँडोमा पकाउँदा अमिलो प्रयोग नगर्नुहोला। स्टेनलेस स्टील पनि सुरक्षित भाँडोमा पर्छ।

आफू र आफ्नो परिवारको स्वास्थ्यका लागि आजैबाट आलुमिनियमको भाँडो त्यागिहाल्नुस् ।

Comments

Back to top