बिहान भूलेर पनि नगर्नुहोस् यी गल्ती, जसकोे असर दिनभर पर्छ

भनिन्छ बिहानले दिनको संकेत गर्छ । हामीले बिहानको समयमा गरिने क्रियाकलापको असर दिनभर पर्छ । हामीले बिहान राम्रो काम गर्यौँ भने दिनभरको समयमा उर्जा प्राप्त हुन्छ । यदि हामीले बिहानै काम राम्रो गरेनौँ भने दिनभर पनि हाम्रो मनस्थितमा त्यसको असर पर्ने गर्दछ । दिनभर आफुलाई स्वास्थ्य र फ्रेस राख्न यस्ता गल्तिबाट बच्न जरुरी हुन्छ ।

१. ढिलोसम्म सुत्नेः धेरै समयसम्म सुतिरहनाले मोटोपना, डिप्रेसन र मधुमेह जस्ता रोग लाग्ने खतरा बढ्छ ।

२. ओछ्याउनबाट एक्कासी उठ्नेः यस्तो गर्दा हाम्रो रक्तचाप कम हुन जान्छ अनि चक्कर लाग्ने समस्या हुन्छ । यसले हृदयघात समेत हुन सक्ने सम्भावना बढ्छ । त्यसैले बिहान बिस्तारै उठेर जीउ तन्काउनुपर्छ । त्यसपछि पूरै शरीरमा सामान्य तरिकाले रगत पुग्ने गरी हल्का व्यायाम गर्नुपर्छ ।

३. उठेर पानी नपिउनेः बिहान उठ्ने बित्तिकै धेरै मानिसले पानी पिउँदैनन् । पानी नपिउनाले कब्जियत हुने र शरीरमा पानीको मात्रा कम हुने गर्छ । त्यसैले बिहान उठेर २ देखि ४ गिलास पानी पिउने गर्नुपर्छ । यसले पेट सफा गर्न मद्दत गर्छ । अझ मनतातो पानी भए धेरै राम्रो ।

४. व्यायाम नगर्नेः व्यायाम नगर्ने मानिसमा विभिन्न समस्या र रोग देखा पर्छन् । मोटोपना ,थकान, ऊर्जाको कमी, रक्तचापको समस्या, मधुमेह जस्ता रोगबाट बच्नका लागि बिहान उठेर सधैं व्यायाम गर्नुपर्छ । त्यसकारण घरमै एक आधा घन्टाका लागि व्यायाम गर्ने वा मर्निङ वाकमा जाने बानी बसाल्नु पर्छ ।

५. ओछ्यानमै चिया पिउनेः यसले शरीरमा एसिडको मात्रा बढाउने र दाँतलाई कमजोर बनाउने हुनाले ओछ्यानमै चिया पिउने बानी हटाउनुपर्छ । यसले कब्जियत पनि गराउन सक्छ । त्यसकारण फ्रेस भएपछि, दाँत माझेर खाजाका साथमा मात्र चिया पिउने गर्नुपर्छ ।

६. बिहानको खाजा नखानेः बिहान खाजा नखाने व्यक्तिलाई मोटोपना, मधुमेह , थकान जस्ता समस्या हुन सक्छन् । साथै यसले ग्यास्टिक पनि गराउने हुनाले के खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । बिहान प्रोटिन र रेशायुक्त खाना खाने गर्नुपर्छ ।

७. धेरै गुलियो खानेः बिहानको समयमा धेरै गुलियो अथवा भारी खाना खाएमा मोटोपना बढ्ने, सुस्त हुने, आलस्यता बढ्ने, मधुमेह र रक्तचापमा समस्या देखा पर्ने हुन्छ । त्यसकारण बिहानको खाजामा अण्डा, दूध, मनतातो कागती पानी, फलफूल जस्ता खानेकुरा मात्र लिनुपर्छ ।

८. बिहानको घाममा नबस्नेः बिहानको घाममा बस्दा भिटामिन ‘डी’ पाइने हुनाले घाममा एकछिन भएपनि बस्ने बानी गर्नुपर्छ । बिहानको घाममा मात्र यो भिटामिन पाइने भएकाले आधा घन्टा जति न्यानो घाममा बस्ने गर्नुपर्छ ।

९. उठ्ने वित्तिकै मोबाइल चलाउनेः उठ्ने वित्तिकै मोबाइल हेर्ने धेरैको बानी हुन सक्छ । तर यसो नगर्नुहोस् । मोबाइलले कन्सन्ट्रेसन पावर कम गर्ने भएकाले बिहान उठ्न बित्तिकै सकेसम्म मोबाइलबाट टाढा रहनुहोस् ।

Comments

Back to top