छाती पोल्ने समस्या छ ? आजै छोड्नुस् यी चिज खान

दैनिक कार्यव्यस्तता र असन्तुलित खानाले कतिपय मानिसहरूले आफ्नो स्वास्थ्यलाई ध्यान दिन पाउँदैनन्। जसले गर्दा यिनीहरूलाई छाती पोल्नेलगायत विभिन्न समस्याहरू देखा पर्दछन् ।  यदि, तपाईंलाई छाती पोल्ने समस्या छ भने  तल उल्लेख गरिएका यी चिज खान तत्कालै छोड्नुपर्दछ ।

– अत्यधिक मसला भएको खाना खाँदा पनि छाती पोल्ने समस्या हुन सक्छ । मसलादार खानामा क्याप्साइसिन क्यामिकल हुन्छ जसले छाती पोल्ने समस्या बढाउन सक्छ । 

– सुन्तला, कागती जस्तो अमिलो फलहरूमा साइट्रिक एसिडको मात्रा एकदमै धेरै हुन्छ । जो खाली पेट खाँदा छाती पोल्ने समस्या झनै बढ्न सक्छ ।

– धेरैको बिहान उठेर  चिया कफी पिउने बानी हुन्छ । तर, यसमा क्याफिन र एसिडको मात्रा हुन्छ जसले छाती पोल्ने समस्या हुन सक्छ ।

– धुम्रपान गर्दा पनि मुखमा र्‍याल कम उत्पादन हुन्छ जसले पेटमा एसीडीटीको समस्यालाई बढाउँछ । जसले गर्दा छाती पोल्ने समस्या पनि हुन्छ ।

– पिज्जा तथा फ्रेन्च फ्राइज जस्ता फास्ट फुडहरूले पेटमा एसिड उत्पादन गर्छन् । जसले गर्दा पेटको एसोफैगल सिस्टम पोल्ने गर्छ । जसले गर्दा छाती पोल्ने समस्या बढ्छ ।

– चकलेटमा क्याफिन, कोको तथा धेरै प्लान्ट बेस्ड क्यामिकल पाइन्छन् । यस्तोमा धेरै चकलेट खाँदा पनि एसिड रिफ्लेक्स हुन सक्छ । खाली पेट यसको सेवन नोक्सानदायक हुन सक्छ ।

Comments

Back to top