के डाइजेस्टिभ बिस्कुट वास्तवमै स्वस्थ्यकर छ ?

बिहान चियासंग बिस्कूट खान सबैलाई मन पर्छ । बजारमा पनि मानिसको स्वाद अनुसार भिन्दा–भिन्दै क्वालिटी, ब्राण्ड र स्वादका बिस्कूट उपलब्ध छन् ।

अहिले डाइजेस्टिभ बिस्कुट प्रायः सबैको लोकप्रिय छ। भनिन्छ, डाइजेस्टिभ बिस्कुट खानाले वजन नबढ्नुको साथै स्वास्थ्यकर पनि हुन्छ ।

यद्यपि, डाइजेस्टिभ बिस्कुटमा चिनीको मात्रा कम भएता पनि यो स्वास्थ्यकर छ भन्ने कुरा गलत हो ।

डाइजेस्टिभ बिस्कुटमा चिनी, नुन, अस्वस्थ्यकर फ्याट र प्रोसेस्ड पिठो प्रयोग गरिन्छ, जसका कारण यसमा क्यालोरी अत्यधिक हुन्छ । डाइजेस्टिभ बिस्कूट के हो, कसरी बन्छ र यसलाई खानु हुन्छ कि हुँदैन भन्ने बारेमा जानकारीः

डाइजेस्टिभ शब्दको अर्थ के हो ?

डाइजेस्टिभ बिस्कुटमा डाइजेस्टिभ शब्दको प्रयोग यसमा एन्टासिड गुण हुन्छ किनभने यो सोडियम बाइकार्बोनेट जस्ता खमीरीकरण एजेन्टको प्रयोग गरेर बनाइन्छ । एन्टासिड गुण हुनाले अपच आदिबाट छुटकारा प्राप्त हुन्छ र छिट्टै पच्छ पनि ।

डाइजेस्टिभ बिस्कूटको न्यूट्रिशन भ्यालू

दुई वटा डाइजेस्टिभ बिस्कूटमा करिव १५० क्यालोरी, २० ग्राम कार्बोहाइड्रेट, ४।६ ग्राम फ्याट, पाँच ग्राम चिनी, दुई ग्राम प्रोटीन, एक ग्राम फाइबर र १६० मिलीग्राम सोडियम हुन्छ । 

कम मात्रामा सेवन

डाइजेस्टिभ बिस्कूटमा नुन हुन्छ । चार वटा डाइजेस्टिभ बिस्कूटमा आलू चिप्सको प्याकेट बराबर सोडियम हुन्छ । यसमा ब्ल्याक क्यालोरी र अनहेल्दी फ्याट हुन्छ ।

यसबाहेक डाइजेस्टिभ बिस्कुटमा कुनै किसिमको भिटामिन अथवा मिनरल हुँदैन ।

डाइजेस्टिभ बिस्कुट अत्यधिक प्रोसेस गरिन्छ र लामो समय सुरक्षित राख्नका लागि प्रिजर्भेटिभ्स पनि मिसाइएको हुन्छ ।
यसमा करिव १० प्रतिशत सेचुरेटेड फ्याट हुन्छ जुन अनहेल्दी हुन्छ ।

सही डाइजेस्टिभ बिस्कूटको छनौट

बिस्कुटको न्यूट्रिशन प्रोफाइल चेक गर्नु पर्छ ।
सोडियमको मात्रालाई ध्यान दिनु पर्छ ।

डाइजेस्टिभ बिस्कूट खाने कि नखाने ?

डाइजेस्टिभ बिस्कूटमा प्रोसेस्ड पिठो, चिनी, फ्याट, सोडियम र लेभनिङ एजेन्ट हुन्छ । यसको साथै यसमा स्वाद बढाउनका लागि केहि केमिकल पनि मिसाइएको हुन्छ । यहि कारणले गर्दा सधैँ बिस्कूट खाइरहन मन लाग्छ । बिस्कुट खानु नै परेमा सामान्य बिस्कुटभन्दा डाइजेस्टिभ बिस्कुट खान सकिन्छ, तर अत्यधिक सेवनबाट भने बच्नु पर्छ ।

डाइजेस्टिभ बिस्कुटको विकल्प

एक मुठ्ठि ड्राइफ्रूट्स ।
मखाना ।
चिउरा ।
भुटेको अथवा भिजाएको चना ।

Comments

Back to top