मधेशमा भागबण्डासहितकाे भ्रष्टाचार राेक्न जनसंघर्ष आह्वान

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा भइरहेको भागबण्डासहितको भ्रष्टाचार रोक्न जनसंघर्षको आह्वान गरेका छन् ।

धनुषाको जनकपुरधाममा आम जनता पार्टीले राखेको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले उक्त आह्वान गरेका हुन् ।

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि कुल ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

आफ्ना आसेपासे कार्यकर्तालाई मात्र काम लाग्ने बजेट ल्याएकाले यस्तो बजेटको विरोध गर्न आफ्ना कार्यकर्तालाई उनले आह्वान गरे । यसको बारेमा आम जनतालाई बुझाउन पनि उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कार्यक्रममा आजपाका केन्द्रीय एवं जिल्ला स्तरीय नेता तथा तथा कार्यकर्ता उपस्थित थिए ।

Comments

Back to top