इजरायली राजदूत गोदेरले भेटे कांग्रेस नेता विमलेन्द्र निधिलाई

नेपालका लागि इजरायली राजदूत खनान गोदेरले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग भेटघाट गरेका छन्।

नयाँबानेश्वरस्थित निधि निवासमा बिहीबार पुगेका राजदूत गोदेरले नेता निधिलाई भेटेका हुन् । भेटका क्रममा उनीहरुबीच नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ । 

साथै इजरायलबाट नेपालको कृषि क्षेत्रमा भएका सहयोग र हुन सक्ने थप सहयोगबारे पनि कुराकानी भएको बताइएको छ । 
 

Comments

Back to top