बारा–२ मा उपेन्द्र यादव ५ हजार भन्दा बढी मतले बिजयी

 जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्।

गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट उठेका यादव ५ हजार ८१ मतान्तरले बिजयी भएका हुन्।

निर्वाचन आयोगका अनुसार  सत्तारुढ गठबन्धनका उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत ल्याएका छन् भने निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए।

यसैगरी, तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८२९ मत मात्र प्राप्त गरेका छन्।

प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवाली भने २ हजार ७ सय ३८ मतमा सिमित भएका छन्।

Comments

Back to top