चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने पनि बताए ।

‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु,’दाहालले भने ।

Comments

Back to top