राष्ट्रपति निर्वाचनमा मतदान सुरु, पहिलो मत रामचन्द्र पौडेलले हाले

मुलकका लागि हुन गईरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ ।

बानेश्वरस्थि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखी मतदान सुरु भएको हो । जारी मतदानमा पहिलो मत नेपाली कांग्रेसका नेता  तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले हालेका छन् । 

‘बिहान १० बजे देखी सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘तीन बजेसम्म लाइन बसेका सांसदले मतदानमा सहभागी हुन सक्नेछन् ।’

मतदानका लागि संघीय सांसदका सांसद र प्रदेश सांसदह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर लाइन बसिसकेका छन । संघीय सांसद र प्रदेश सांसदका लागि मतदान गर्ने स्थल अलग अलग बनाईएको छ । सांसदहरु मतदानस्थलमा आउने क्रम जारी छ ।

 

Comments

Back to top