आचारसंहिताका कारण राष्ट्रपति निर्वाचनमा खुलेनन् पाँच दल

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश संसदमा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि राजनीतिक दलले कस्लाई मत दिने? अझै खुलेकाे छैन।

आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि संघीय संसदमा रहेका तीनवटा दल र प्रदेश संसदमा रहेका २ दल गरी पाँच राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा अझै मत दिने भन्नेबारे नखुलेका हुन् । 

यसरी खुल्न नसकेका संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् भने प्रदेश संसदमा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टी रहेका छन् ।

राष्ट्रपति निर्वाचनको बारेमा निर्णय गर्नका लागि राप्रपाले भोली ११ बजे केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने रास्वपाले फागुन २५ गते बिहान संघीय संसदीय दलको बैठक बोलाएको छ । दुवै पक्षले सो बैठकबाट खुल्ने बारेमा निर्णय लिने तयारी गरेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल उम्मेदवार छन् भने प्रतिपक्षी दलबाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई उठाइएको छ । 

Comments

Back to top