लाल्टिन साप्ताहिक समीक्षा !

गत साता झिनो अङ्क ४.४(0.२%)ले बढेको नेप्सेमा यस साता भने ८८.६७(४.०६%)ले गिरावट हुदै बजारमा बियरिश मारबुजु क्यान्डल स्टिक बनेको छ। यस साताको पहिलो कारोबार दिन आइतवार २१८५.४६ को बिन्दुमा खुलेको नेप्से २१९२.८५ को उच्च बिन्दुसम्म पुगेको थियो ।

 नेप्से उप-समुह (Sub-Index)

यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण

यस साताको क्लोजिंग अपर ब्याण्ड भन्दा तल भएको छ। बढ्दो क्रममा रहेको एमएसिडि लाईन यस साता जिरो भन्दा माथि +१०.१४ मा आएको छ र हिस्टोग्राम यो साता घटेर पोजिटिभ ५0.२७बाट ४२.९मा पुगेको छ जसले बजारमा खरिद चाप घटेको देखाउँछ ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन पनि बढेर -३२.७६मा आएको छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको बजारमा ए.डी.एक्स २३.६८मा देखिन्छ जसले बजारको बुलिश मोमेन्टम बलियो नै रहेको जनाउछ। आरएसआइ ६१.४७बाट घटेर ५३.७१मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घट्न थालेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०१५को एरिया हुन्छ र नेप्सेको अवरोध २१८० को एरिया रहेको देखिन्छ।

Comments

Back to top