कोहलपुरबाट सांसद अरुणकुमार चौधरी पक्राउ

प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट उनी निर्वाचित भएका हुन् ।

जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Comments

Back to top