नेपालमा हुन्डाईको अल- न्यु भेन्यु सार्वजनिक!

नेपालमा हुन्डाईले  आफ्नो नयाँ अल- न्यु भेन्यु सार्वजनिक गरेको छ।  यसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘न्यु स्टाइल न्यू स्टेटमेन्ट’ ट्यागलाइनका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको हो।

भेन्युको पहिलेका भेरियन्टहरू ग्राहकहरुको रोजाइ बन्न सफल भएका कारण कम्पनीले यो नयाँ भेन्यु पनि नेपाल ल्याइएको जनाएको छ। कम्पनीले यो नयाँ भेन्युले प्रतिस्पर्धी कम्प्याक्ट एसयुभी बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास लिएको छ।

नयाँ भेन्यूले यसको सौन्दर्य डिजाइन, अन्य थप फिचरहरू, प्रफर्मेन्स र सुरक्षाकासाथ विश्वव्यापी रूपमा नयाँ स्ट्यान्डर्ड कायम गरेको कम्पनीले जनाएको छ।

यो गाडी नयाँ भेन्युमा १.३ लिटर पेट्रोल र १.० लिटर टर्बो इन्जिन छ। साथै यसमा ५ स्पिड म्यान्युअल र ७ स्पिड डिसीटी गियरबक्स उपलब्ध रहेको छ।

यो गाडीको ग्राउन्ड क्लिरियन्स १९५ एमएम छ। यो गाडीलाई कम्पनीले सीटी र एडभेन्चरस ड्राइभको लागि सुहाउने बताएको छ।

यसमा कम्पनीले पुरानको प्यारामेट्रिक फ्रन्ट ग्रिलहरुलाई रि- डिजाइन गरेको छ। यस गाडीमा भएको रुफ डिजाइनले रिच र स्पोर्टी लुक दिइएको छ। पुनस् डिजाइन गरिएको प्यारामेट्रिक फ्रन्ट क्रोम ग्रिल र शार्क फिन एन्टेनाले छतको डिजाइनसँग राम्रो समन्वय गरेको छ।

अल- न्यु हुन्डाई भेन्युमा एलईडी ल्याम्प, एर्गोनोमिकली डिजाइन गरिएको ड्राइभर सिट, ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, कुल्ड ग्लोभ बक्स, डुअल एयरब्याग र सनरुफ रहेको छ। नयाँ हुन्डाई भेन्युको भित्री भाग यसको फराकिलो भएकाले विलासी र फ्यामिलि कार जस्तै महसुश हन्छ। यसको भित्री भागको लेआउट डबल- टोन ब्लाक ग्रेज कलरमा छ।

कम्पनीका अनुसार नयाँ हुन्डाई भेन्यु ३ भेरियन्ट ई, एस र एसएक्समा उपलब्ध छन्। जसको सुरुवाती मूल्य ३९.९६ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नयाँ भेन्यू नेपाली बजारमा लन्च भएको पहिलो गाडी हो। यसले नेपाली अटो क्षेत्रमा धेरै आशा र उत्साह ल्याएको कम्पनीले जनाएको छ। हुन्डाई भेन्युले यस यात्राको नेतृत्व गर्ने निश्चित रहेको कम्पनीको भनाइ छ।

Comments

Back to top