प्रिओपन सेसनमा २.५३ अंकको गिरावट !
आज बुधबार प्रिओपन सेसनमा नेप्से २.५३ अंकले घटेको छ।
हिजो भारी अंकले घटेर २२६५.२२ अंकमा बन्द भएको नेप्से आज प्रिओपनमा २२६२.९९ मा खुलेको हो। करिब १५० कित्ता सेयरको खरिदबिक्री हुँदा लगभग १ लाख ७० हजार बराबरको कारोबार भएको छ।
यस्तै, आजको टप गेनरमा नेस्डो समृद्ध लघुवित्त रहेको छ जसको खरिदबिक्री २% मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा ५ कम्पनीको खरिदबिक्री हुँदा २ कम्पनीको बढेर कारोबार भएको छ।
Comments