तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का
तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । मर्जरमा जान सम्झौता गरेपछि प्राइम, गुँरास र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको हो ।
तीन वटा कम्पनी आपसमा गाभिन वैशाख २९ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षरमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइमका अध्यक्ष पियुषराज अर्याल र गुँरास लाइफका अध्यक्ष विवेक दुगढले हस्तारक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै यी कम्पनीहरुको सेयर कारोबार पनि रोक्का भएको हो ।
Comments