२३०० को सपोर्ट तोड्दै भारी अंकले घट्यो नेप्से, के भन्छ प्राविधिक विश्लेषणले ?
आज मंगलबार ८४.९० अंकले घटेर ३.६१% गिरावटको साथ नेप्से परिसूचक २२६५.५२ अंकमा बन्द भएको छ। कारोबार भएका २२१ कम्पनीमध्ये २ कम्पनी मात्र उकालो लागेका छन् र १८८ कम्पनी ओरालो लागेका छन्।
कारोबार भएका तेह्र उप-समूहमध्ये सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर ३२ खर्ब २२ अर्ब पुगको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको देखिन्छ (आजको फरकः २०८ ) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड २२३१ भन्दा माथि २२६५ मा बन्द भएको छ। आज बजारमा बिक्रीकर्ता हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन भन्दा तल -५१.८४ मा आएको देखाउँछ। हिस्टोग्राम पोजेटिभ ८ मा आएको छ। एमएसिडी लाइनले तलबाट माथि फर्किएर सिग्नल लाइनलाई क्रस गरी उकालो लागिरहेको थियो तर आज फेरि तल फर्किन लागेको देखिन्छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल -५९.८४ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रीको मोमेन्टम बढी भएको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल फर्किएको छ र -१४ डिएमआई तलबाट माथि फर्किएको छ। सिग्नल लाइन आज +१४डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ । -१४ डिएमआई लाईन तलबाट माथि फर्किएको देखिन्छ जसले बजारमा बिक्री बढेको बुझ्न सकिन्छ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिश क्यान्डलस्टिक बनाएको छ जसले बजारमा बिक्री ज्यादै बढेको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -४७८४ देखि घटेर -४९७० मा आएको छ। नेप्सेको कुल भोल्युम ३४०२३८६ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (३२७०६४०) को १०४ प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्ड भन्दा माथि २२६५ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -५१.८४ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -५९.८४ मा देखिएको छ भने हिस्टोग्राम पोजेटिभ ८ मा पुगेको छ जसले बजारमा बिक्री बढेको बुझ्न सकिन्छ।
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल फर्किएको छ र -१४ डिएमआई तलबाट माथि फर्किएको छ। सिग्नल लाइन आज +१४डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ। आरएसआइ आज ४५.८४ बाट घटेर ३७.८७ मा पुगेको छ। यसले, आरएसआइको मोमेन्टम ज्यादै घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२२० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २३९० को एरिया रहेको देखिन्छ।
Comments