नेप्से इन्ट्राडे अपडेट: ५२ अंकको गिरावट !

आज मंगलबार नेप्से बजारमा रौनक हराएको छ।

एक बजेसम्म नेप्से परिसूचक २३०० को लाइनमा आएको छ। ५२.०७ अंकले घटेर नेप्से परिसूचक २२९८.३५ मा आएको हो । आज २ घण्टामा मात्र ७० करोडको कारोबार भएको छ। यो कारोबार रकम गत हप्ताको अन्तिम कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनर्समा समता घरेलु लघुवित्त रहेको छ जसको ३.२% मूल्य बढेर कारोबार भएको छ भने टप लुजर्समा सूर्योदय वोमी लघुवित्त रहको छ जसले १०% गुमाएको छ । #नेप्से इन्ट्राडे

Comments

Back to top