मेची आँखा अस्पतालमा नेत्र रोग विशेषज्ञ र प्राज्ञका लागि रोजगारीको अवसर
मेची आँखा अस्पतालले सामुदायिक स्तरमा व्यापक आँखा हेरचाह सेवाहरू प्रदान गर्दै आईरहेको छ। यस अस्पतालले निम्न पदहरूको लागि योग्य उम्मेदवारहरूबाट दरखास्तको आव्हान गरेको छ ।
१.नेत्र रोग विशेषज्ञहरू:
भेट्रो-रेटिना सर्जन – १
ओकुलोप्लास्टी सर्जन – १
ग्लुकोमा विशेषज्ञ – १
कोर्निया विशेषज्ञ – १
योग्यता मापदण्ड:
उम्मेदवारहरूले मान्यता प्राप्त विश्वविद्यालय/संस्थाबाट नेत्र विज्ञानमा एमडी/एमएस (मास्टर इन सर्जरी वा मेडिसिन) गरेको हुनुपर्छ र नेपाल मेडिकल काउन्सिल स्पेशलिटी दर्ता प्रमाणपत्र भएको हुनुपर्छ। मान्यता प्राप्त संस्थानबाट सम्बन्धित उप-विशेषतामा कम्तिमा छ महिनाको फेलोशिप गरेको र शल्यक्रियामा दक्षलाई प्राथमिकता दिइने छ ।
शैक्षिक संयोजक: १
जिम्मेवारी: MEH मा MD नेत्र विज्ञान र अप्टोमेट्री पाठ्यक्रमहरू सुचारु रूपमा सञ्चालन गर्न सक्ने ।
योग्यता: नेत्र विज्ञानमा एमडी, शिक्षण अस्पतालमा कामको अनुभवलाई प्राथमिकता दिईनेछ ।
इच्छुक र महत्वाकांक्षी उम्मेदवारहरूसँग राम्रो व्यक्तित्व, वैचारिक र विश्लेषणात्मक सीपहरू हुनुपर्छ ।
व्यावसायिक बायोडाटा, योग्यता प्रमाणपत्र र भर्खरको तस्बिर सहित सूचना प्रकाशित भएको पहिलो मिति पछि १५ दिन भित्र आवेदन पेश गर्नुपर्नेछ ।
मेची आँखा अस्पताल
टेलिफोन: ०२३-५३१९९२ / ०२३-५३१९९३
बिर्तामोड-३, झापा
इमेल आईडी: [email protected]
पहिलो प्रकाशन मिति: १३ मे २०२२
Comments