शिखर इन्स्योरेन्सको नाफा ३६ करोड ७० लाख

शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद दाबी भुक्तानी घटेको छ भने आधिकांश सूचकमा सामान्य वृद्धि देखिएको छ ।

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७५ करोड ५५ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६१ करोड ७६ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम वृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब २३ करोड ८९ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार पनि वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा १ अर्ब ८ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमाससम्ममा १ अर्ब १३ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४ दशमलव ४९ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा ३६ करोड ७० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३६ करोड ३३ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १ दशमलव ०१ प्रतिशतले बढेकोे हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ६२ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ ।

यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २८ रुपैयाँ २२ पैसा रहेको छ । प्रति सेयर नेटवर्थ २५५ रुपैयाँ ९६ पैसा रहेको छ ।

Comments

Back to top