नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, आगामी दिनको यात्रा कता ?
गत साता ५% ले घटेको नेप्से यो साता भने ५% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २२३८ को बिन्दुमा खुलेको नेप्से २२०४ को न्युन बिन्दु सम्म आएर पुनः उकालो सुरु गरेको नेप्से चार दिन लागातर बढेर बिहिबार २३८९ सम्म पुग्यो। तर साताको अन्तिम दिन बिहिबार भने १८ अंकले घटेर २३५० बन्द भएको हो। साता भरि कारोबार खासै राम्रो वृद्धि नभए पनि अन्तिम दिन भने २ अर्ब भन्दा बढीको कारोबार भएको थियो। साताको सुरु बाटै बढेको बजार यस साता मा नेप्से १११ अंकले वृद्धि भएको छ भने न्युन बिन्दु २२०४ मा बटम लगाएर फर्केको देखिन्छ।
साताभरिमा १३ उप-समुहहरु सबै उकालो लागेका छन् ।
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Units )
टप ब्रोकर
प्राविधिक विश्लेषण
अघिल्लो साता बियरिस क्यान्डल बनाउँदै ओरालो लागेको नेप्सेले यस साता भने बुलिस क्यान्डल बनाएको देखिन्छ। यस साताको क्लोजिंगले लोवर ब्याण्ड २२०८ को नजिक सपोर्ट लिएर लोवर ब्याण्ड भन्दा माथि क्लोज गरेको छ तर ब्याण्ड भने फराकिलो हुँदै गएको देखिन्छ जसले बजारमा उतारचढाव बढी भएको जनाउँछ। एमएसिडि लाइन जिरो लाइन भन्दा तल -१०२ मा आएको छ, जुन अघिल्लो साता -१०० मा थियो। सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल -६७ मा आएको छ र हिस्टोग्राम भने घटेको देखिन्छ जसले बजारमा बिक्रीकर्ता कम भएको जनाउँछ। -१४ डिएमआई लाईन, +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ तर तलतिर फर्किएको छ जसले बजारमा सेलिङ मोमेन्टम घटेको जनाउँछ । आरएसआइ ३३ बाट बढेर ४० मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढेको देखिन्छ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२८६ को लेबल हुन्छ भने नेप्सेको आगामी दिनको अवरोध २३९० को लेबल हुन आउँछ।
Comments