युनिलिभरको खुद नाफा घट्यो तर जगेडा कोषमा भने वृद्धि !
युनिलिभर नेपाल लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष खुद नाफा घटेको हो । कम्पनीले आर्थिक वर्षको चैत मसान्तसम्ममा २२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो नाफा यस वर्षको तुलनामा ३१.४७ प्रतिशतले घटेको हो । कम्पनीको कुल आम्दानी ३.३१ प्रतिशतले घटेको छ भने बिक्रि आम्दानी ४.९३ प्रतिशतले घटेको छ । तर कोषको जगेडा कोष भने २०.११ प्रतिशतले बढेको छ । साथै कम्पनीको बुल आम्दानी भने ६.७६ प्रतिशतले बढेको हो ।
यो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी भने घटेको छ । प्रति सेयर १४६ रुपैयाँ ५१ प्रतिशतले घटेर ३१९ रुपैयाँ ७ पैसामा कायम भएको छ ।
Comments