नेप्सेमा १८ अंकको गिरावट तर कारोबार रकममा भने वृद्धि !
आज बिहीबार १८.६४ अंकले घटेर ०.७९ % गिरावटको साथ नेप्से परिसूचक २३५०.४२ अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये ३४ कम्पनी उकालो लागेका छन्, १५१ कम्पनी ओरालो लागेका छन् र ९ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका तेह्र उप-समूहमध्ये २ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन् भने बाँकी ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर ३३ खर्ब ४३ अर्ब पुगको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको देखिन्छ (आजको फरकः २०२ ) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड २३४० भन्दा माथि २३५० मा बन्द भएको छ। आज बजारको सुरुवातमा खरिद बढे तापनि अन्तिममा बिक्रीकर्ता हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन भन्दा तल -५०.४६ मा आएको देखाउँछ। हिस्टोग्राम पोजेटिभ ११.३७ मा आएको छ। एमएसिडी लाइनले तलबाट माथि फर्किएर सिग्नल लाइनलाई क्रस गरी उकालो लागिरहेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल -६१.८४ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज खरिदको मोमेन्टम बढी भएको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि फर्किएर र -१४ डिएमआई माथिबाट तल फर्किएर एक अर्कालाई छोएका छन्। सिग्नल लाइन आज +१४डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ । -१४ डिएमआई लाईन माथिबाट तल फर्किएको देखिन्छ जसले बजारमा खरिद बढेको बुझ्न सकिन्छ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिश क्यान्डलस्टिक बनाएको छ जसले बजारमा केही बिक्री बढेको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -४६६७ देखि घटेर -४७८४ मा आएको छ। नेप्सेको कुल भोल्युम ४६५३९०३ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (३३११२५१) को १४१ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्ड भन्दा माथि २३५० मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -५०.४६ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -६१.६४ मा देखिएको छ भने हिस्टोग्राम पोजेटिभ ११.३७ मा पुगेको छ जसले बजारमा खरिद बढेको बुझ्न सकिन्छ।
आज +१४ डिएमआई लाइन माथि फर्किएर र -१४ डिएमआई माथिबाट तल फर्किएर एक अर्कालाई छोएका छन्। सिग्नल लाइन आज +१४डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ । आरएसआइ आज ४७.९० बाट घटेर ४५.८४ मा पुगेको छ। यसले, आरएसआइको मोमेन्टम घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २३१३ को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २३८९ को एरिया रहेको देखिन्छ।
Comments