नेप्से इन्ट्राडे अपडेट: १० अंकको वृद्धि !

आज बिहिबार नेप्से बजारमा रौनक छाएको छ।

एक बजेसम्म नेप्से परिसूचक २३८० को लाइनमा आएको छ। १०.१३ अंकले बढेर नेप्से परिसूचक २३७९.१९ मा आएको हो । आज २ घण्टामा १ अर्ब २० करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा थोरै बढी हो।

यस्तै, आजको टप गेनर्समा जल्पा सामुदायिक लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजर्समा सूर्योदय वोमी लघुवित्त रहको छ जसले १०% गुमाएको छ । #नेप्से इन्ट्राडे

Comments

Back to top