मर्जरपश्चात् सूर्योदय वोमी लघुवित्तको सेयर नेप्सेमा सूचिकृत
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्थाबीच मर्जर पश्चात बनेको सूर्योदय वोमी लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
दुई लघुवित्तबीच मर्जर पश्चात सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नाममा कायम हुन आएको ७९ लाख १९ हजार ८४८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सविक वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता र सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो । दुई लघुवित्तबीच १ बराबर एकको अनुपातमा मर्ज भएको थियो । मर्जर पश्चात बनेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको कारोबार संकेत एसडब्लुएमएफ कायम गरिएको छ ।
Comments