नेप्सेमा ५६ अंकको वृद्धि, कारोबार रकम पनि २ अर्ब नाघ्यो !

आज बुधबार ५६.०६ अंकले बढेर २.४२ % वृद्धिको साथ नेप्से परिसूचक २३६९.०६ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये १९२ कम्पनी उकालो लागेका छन्, २ कम्पनी ओरालो लागेका छन् र १ कम्पनी मात्र स्थिर रहेको छ।

कारोबार भएका तेह्र उप-समूहमध्ये सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: May 11, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको देखिन्छ (आजको फरकः २१३ ) जसले बजारमा भोलाटाइलिटी घटेको  इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड २३४४ भन्दा माथि २३६९ मा बन्द भएको छ। आज बजारमा खरिदचाप बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा तल -५६.६२ मा आएको  देखाउँछ। हिस्टोग्राम पोजेटिभ ८.०६  मा आएको छ। एमएसिडी लाइनले तलबाट  माथि फर्किएर सिग्नल लाइनलाई क्रस गरेको छ।  सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल  -६४.६८ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज खरिदको मोमेन्टम बढी भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि फर्किएको छ भने  -१४ डिएमआई माथिबाट तल फर्किरहेको छ।  सिग्नल लाइन आज +१४डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ ।  -१४ डिएमआई लाईन माथिबाट तल फर्किएको देखिन्छ  जसले  बजारमा खरिदचाप बढेको बुझ्न सकिन्छ। 

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिश क्यान्डलस्टिक बनाएको छ जसले बजारमा खरिद दबाब बढेको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: May 11, 2022

क्युमुलेटिभ एडी लाइन  -४८५७ देखि बढेर -४६६७  मा आएको छ। नेप्सेको कुल भोल्युम ४६५८९२९ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३२९०१३४)  को १४२ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल  ब्याण्ड  भन्दा माथि २३६९ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -५६.६२ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -६४.६८ मा देखिएको छ  भने हिस्टोग्राम पोजेटिभ ८.०६ मा पुगेको छ जसले बजारमा खरिदचाप बढेको बुझ्न सकिन्छ।

-१४ डिएमआई लाइन तल फर्किएको छ र +१४ डिएमआई लाईन माथि तिर लागेको छ।यस्तै, सिग्नल लाइन आज +१४डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ । आरएसआइ आज ४०.४३ बाट बढेर ४७.९० मा पुगेको छ। यसले, आरएसआइको मोमेन्टम बढेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २३१३ को एरिया  देखिन्छ भने नेप्सेको नजिकको  अवरोध २४३० को एरिया रहेको देखिन्छ।

Comments

Back to top