प्रिओपन सेसनमै २४ लाखको कारोबार !

आज बुधबार प्रिओपन सेसनमा नेप्से ०.२८ अंकले बढेको छ।

हिजो केही अंकले बढेर २३१३ अंकमा बन्द भएको नेप्से आज प्रिओपनपछि २३१३.२८ मा खुलेको हो। करिब ४२६१ कित्ता सेयरको खरिदबिक्री हुँदा लगभग २४ लाख १३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा अधिक हो।

यस्तै, आजको टप गेनरमा राधी विद्युत कम्पनी रहेको छ जसको खरिदबिक्री २% मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा १७ कम्पनीको खरिदबिक्री हुँदा १२ कम्पनीको बढेर कारोबार भएको छ।

Comments

Back to top