नेप्सेमा बन्यो बुलिश क्यान्डल, ट्रेण्ड निरन्तरताको सङ्केत !
आज मंगलबार ४४.१६ अंकले बढेर १.९५ % वृद्धिको साथ नेप्से परिसूचक २३१३ अंकमा बन्द भएको छ। कारोबार भएका २२६ कम्पनीमध्ये १८१ कम्पनी उकालो लागेका छन्, ९ कम्पनी ओरालो लागेका छन् र ४ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका तेह्र उप-समूहमध्ये सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
बजार पुँजीकरण बढेर ३२ खर्ब ९० अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको देखिन्छ (आजको फरकः २३७) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड २३४९ भन्दा तल २३१३ मा बन्द भएको छ। आज बजारमा खरिद बढेको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा तल -६५.७१ मा आएको देखाउँछ। हिस्टोग्राम पोजेटिभ १.०१ मा आएको छ। एमएसिडी लाइनले तलबाट माथि फर्किएर सिग्नल लाइनलाई क्रस गरेको छ। सिग्नल लाइन जिरो लाइन भन्दा तल -६६.७२ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज खरिदको मोमेन्टम बढी भएको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि फर्किएको छ भने -१४ डिएमआई माथिबाट तल फर्किरहेको छ। सिग्नल लाइन आज हल्का तलतिर गईरहेको छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ । -१४ डिएमआई लाईन माथिबाट तल फर्किन लागेको देखिन्छ जसले बजारमा खरिद बढेको बुझ्न सकिन्छ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बुलिश क्यान्डलस्टिक बनाएको छ जसले बजारमा खरिद दबाब बढेको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -५०२९ देखि बढेर -४८५७ मा आएको छ। नेप्सेको कुल भोल्युम २९३१३१५ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३२४७१८०) को ९० प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्ड भन्दा तल २३१३ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -६५.७१ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -६६.७२ मा देखिएको छ भने हिस्टोग्राम पोजेटिभ १.०१ मा पुगेको छ जसले बजारमा खरिद बढेको बुझ्न सकिन्छ।
-१४ डिएमआई लाइन तल फर्किएको छ र +१४ डिएमआई लाईन माथि तिर लागेको छ। त्यस्तै, सिग्नल लाइन आज हल्का तलतिर गईरहेको छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ। आरएसआइ आज ३३.४६ बाट बढेर ४०.४३ मा पुगेको छ। यसले, आरएसआइको मोमेन्टम बढेको र नेप्से ‘ओभर सोल्ड जोन’ बाट फर्किसकेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२६८ को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २३७० को एरिया रहेको देखिन्छ।
Comments