भारतीय दूतावासमा कार्यालय सहयोगीको लागि आवेदन दिन १ दिन बाँकी

भारतीय राजदूतावास, काठमाडौंले कार्यालय सहयोगी पदका लागि योग्य उम्मेद्वारहरूबाट दरखास्त आह्वान गरेको छ। आवेदकसँग निम्न योग्यताहरू हुनुपर्छ:

i) न्यूनतम कक्षा १० उत्तीर्ण

ii) उमेर २० वर्ष पुरा गरेको

iii) आवश्यक योग्यता- कुनै पनि प्रतिष्ठित संस्थामा पाँच वर्षको अनुभव भएको र सवारीसाधन इजाजतपत्रको साथ चार पाङ्ग्रे/दुई-पाङ्ग्रे सवारी चलाउने सीप भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन , भारतीय दूतावास, काठमाडौंमा भर्खरको दुईवटा पासपोर्ट साइज फोटोहरू, सम्पर्क विवरणहरू, शैक्षिक योग्यताका प्रतिलिपिहरू र कार्य अनुभव पत्रको साथ बायोडाटा सहित १५ मे २०२२ सम्ममा [email protected] मा इमेल मार्फत वा दूतावासको मुख्य गेटमा राखिएको बक्समा भौतिक प्रतिलिपिहरू मार्फत बुझाउनु पर्छ।

Comments

Back to top