नेप्सेले बनायो ‘ईन्भर्टेड बुलिश ह्याम्मर’, खरिदकर्हतारूले चाँडै बजार नियन्त्रण गर्ने सङ्केत !

आज सोमबार १२.२७ अंकले बढेर ०.५४ % वृद्धिको साथ नेप्से परिसूचक २२६८.८४ अंकमा बन्द भएको छ। कारोबार भएका २२२ कम्पनीमध्ये ११४ कम्पनी उकालो लागेका छन्, ७१ कम्पनी ओरालो लागेका छन् र ८ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समूहमध्ये ९ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन् भने ४ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण बढेर ३२ खर्ब २७ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: May 9, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर स्थिर रहेको देखिन्छ (आजको फरकः २४४) जसले बजारमा भोलाटाइलिटी हिजो जस्तै रहेको (परिवर्तन नभएको)  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड २२३३ भन्दा माथि २२६८ मा बन्द भएको छ। आज बजारमा केही खरिद बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा तल -७०.३० मा आएको  देखाउँछ। हिस्टोग्राम नेगेटिभ ३.३३  मा आएको छ। एमएसिडी लाइनले  माथिबाट तल तिर फर्किएर सिग्नल लाइनलाई क्रस गरेर सिधा गईरहेको छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -६६.९८ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज खरिदको मोमेन्टम बढी भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि फर्किएको छ भने  -१४ डिएमआई माथिबाट तल फर्किरहेको छ।  सिग्नल लाइन आज हल्का माथितिर गईरहेको जसले ट्रेन्ड रिभर्स हुन सक्ने जनाउँछ ।  -१४ डिएमआई लाईन माथिबाट तल फर्किन लागेको देखिन्छ  जसले  बजारमा खरिद बढेको बुझ्न सकिन्छ।  

४. क्यान्डलस्टिक

आज नेप्सेले ईन्भर्टेड बुलिश ह्याम्मर क्यान्डलस्टिक बनाएको छ। यसले खरिद दबाबलाई सङ्केत गर्छ, त्यसपछि बिक्रीको दबाब जुन बजार मूल्य घटाउन पर्याप्त बलियो थिएन। यसले सुझाव दिन्छ कि खरिदकर्हतारूले चाँडै बजारमा नियन्त्रण गर्नेछन्।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: May 9, 2022

क्युमुलेटिभ एडी लाइन  -५०७२ देखि बढेर -५०२९  मा आएको छ। नेप्सेको कुल भोल्युम ३०१६०५८ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३३५१२२३)  को ९० प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा माथि २२६८ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -७०.३० मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -६६.९८ मा देखिएको छ  भने हिस्टोग्राम नेगेटिभ ३.३३ मा पुगेको छ जसले बजारमा खरिद बढेको बुझ्न सकिन्छ।

-१४ डिएमआई लाइन तल फर्किएको छ र +१४ डिएमआई लाईन माथि तिर लागेको छ। त्यस्तै, सिग्नल लाइन आज हल्का माथि गईरहेको छ जसले ट्रेन्ड रिभर्स हुन सक्ने जनाउँछ। आरएसआइ आज ३१.३९ बाट बढेर ३३.४६ मा पुगेको छ। यसले, आरएसआइको मोमेन्टम बढेको र नेप्से ‘ओभर सोल्ड जोन’ बाट फर्किन लागेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२०४ को एरिया  देखिन्छ भने नेप्सेको नजिकको  अवरोध २३७० को एरिया रहेको देखिन्छ।

Comments

Back to top