नेप्से इन्ट्राडे अपडेट: २३ अंकको वृद्धि !

आज सोमबार नेप्से बजार थामिएको जस्तो देखिन्छ।

एक बजेसम्म नेप्से परिसूचक २२८० को लाइनमा आएको छ। २३ अंकले बढेर नेप्से परिसूचक २२७९.८९ मा आएको हो । आज २ घण्टामा मात्र ६१ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा १ करोडले कम हो।

यस्तै, आजको टप गेनर्समा जल्पा सामुदायिक लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजर्समा ग्रिन लाइफ हाइड्रो पावर रहको छ जसले २.६०% गुमाएको छ । #नेप्से इन्ट्राडे

Comments

Back to top