प्रिओपन सेसनमा ६.४८ अंकको वृद्धि
आज सोमबार प्रिओपन सेसनमा नेप्से ६.४८ अंकले बढेको छ।
हिजो केही अंकले बढेर २२५६.५७ अंकमा बन्द भएको नेप्से आज प्रिओपनमा २२६३.०६ मा खुलेको हो। करिब ३५४ कित्ता सेयरको खरिदबिक्री हुँदा लगभग २ लाख ९४ हजार बराबरको मात्र कारोबार भएको छ।
यस्तै, आजको टप गेनरमा एनआईसी एशिया बैंक रहेको छ जसको खरिदबिक्री २% मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा १६ कम्पनीको खरिदबिक्री हुँदा १५ कम्पनीको बढेर कारोबार भएको छ।
Comments