नेप्सेमा बन्यो बुलिश ह्याम्मर क्यान्डल, बजारमा बटम लागेको सङ्केत !

आज आइतबार १७.९५ अंकले बढेर ०.८० % वृद्धिको साथ नेप्से परिसूचक २२५६.५७ अंकमा बन्द भएको छ। कारोबार भएका २३३ कम्पनीमध्ये १३६ कम्पनी उकालो लागेका छन्, ५२ कम्पनी ओरालो लागेका छन् र ५ कम्पनी स्थिर रहेको छ।

कारोबार भएका तेह्र उप-समूहमध्ये ११ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन् भने २ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण बढेर ३२ खर्ब १० अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: May 8, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २४४) जसले बजारमा भोलाटाइलिटी घटेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड २२४२ भन्दा माथि २२५६ मा बन्द भएको छ। आज बजारमा केही खरिद बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा तल -७०.८४ मा आएको  देखाउँछ। हिस्टोग्राम नेगेटिभ ४.७०  मा आएको छ। एमएसिडी लाइनले  माथिबाट तल तिर फर्किएर सिग्नल लाइनलाई क्रस गरेको छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -६६.१४ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज खरिदको मोमेन्टम बढी भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने  -१४ डिएमआई माथिबाट तल फर्किन आँटेको छ।  सिग्नल लाइन – १४ डिएमआई लाइनलाई क्रस नगरी पुनः तलतिर निरन्तर गएको थियो तर आज हल्का माथि फर्किएको छ जसले ट्रेन्ड रिभर्स हुन सक्ने जनाउँछ ।  -१४ डिएमआई लाईन माथिबाट तल फर्किन लागेको देखिन्छ  जसले  बजारमा खरिद बढेको बुझ्न सकिन्छ।  

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिश ह्याम्मर क्यान्डलस्टिक बनाएको छ जसले बजार बटममा पुगेको र ट्रेण्ड रिभर्स हुन सक्ने सम्भावना देखाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: May 8, 2022

क्युमुलेटिभ एडी लाइन  -५१५६ देखि बढेर -५०७२  मा आएको छ। नेप्सेको कुल भोल्युम २७४९८४० रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३३४८३६१)  को ८२ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा माथि २२५६ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -७०.८४ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -६६.१४ मा देखिएको छ  भने हिस्टोग्राम नेगेटिभ ४.७० मा पुगेको छ जसले बजारमा खरिद बढेको बुझ्न सकिन्छ।

-१४ डिएमआई लाइन तल फर्किन लागेको छ र +१४ डिएमआई लाईन तल तिर लागेको छ। त्यस्तै, सिग्नल लाइन – १४ डिएमआई लाइनलाई क्रस नगरी पुनः तलतिर निरन्तर गएको थियो तर आज हल्का माथि फर्किएको छ जसले ट्रेन्ड रिभर्स हुन सक्ने जनाउँछ। आरएसआइ आज २८.३६ बाट बढेर ३१.३९ मा पुगेको छ आरएसआइको मोमेन्टम बढेको र नेप्से ‘ओभर सोल्ड जोन’ बाट फर्किन लागेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२०४ को एरिया  देखिन्छ भने नेप्सेको नजिकको  अवरोध २३७० को एरिया रहेको देखिन्छ।

Comments

Back to top