प्रिओपन सेसनमा ०.१८ अंकको वृद्धि
आज आइतबार प्रिओपन सेसनमा नेप्से ०.१८ अंकले बढेको छ।
गत हप्ता भारी अंकले घटेर २२३८.६२ अंकमा बन्द भएको नेप्से आज प्रिओपनमा २२३८.८० मा खुलेको हो। करिब १०८५ कित्ता सेयरको खरिदबिक्री हुँदा लगभग ८ लाख १६ हजार बराबरको मात्र कारोबार भएको छ।
यस्तै, आजको टप गेनरमा एनजीपीएल रहेको छ जसको खरिदबिक्री मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा १२ कम्पनीको खरिदबिक्री हुँदा ६ कम्पनीको बढेर कारोबार भएको छ।
Comments