हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर हुने

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर हुने भएको हो । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याएपछि मर्जरमा जानको लागि सम्झौता गर्नेमा हिमालयन र एभरेष्ट पहिलो संस्था बनेका छन् ।

बिहीबार दुई संस्थाका अध्यक्षले मर्जरमा जाने विषयमा सम्झौता गरेका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ । एभरेष्ट इन्स्यारेन्सको १ अर्ब २५ करोड छ ।

हिमालयन र एभरेष्ट १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेका हुन् । स्वापको अनुपातको टुंगो भने सम्पत्ति तथा दायित्वको मुल्यांकन(डिडिए)पछि टुंगो लाग्ने छ । मर्जरपछि २ अर्ब ४२ करोड चुक्ता पुँजी हुन्छ ।

Comments

Back to top