युवा पुस्ताको नेप्सेमा सक्रियता राम्रो हो र पुँजी बजारको नीतिगत सुधार गर्न हामी तयार छौँ: सिईओ कार्की

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनी थप गर्नुपर्ने विषयबारे अध्ययन भइरहेको बताएका छन् । शुक्रबार आयोजित ‘परिपक्व पुँजीबजार सम्मेलन’ मा बोल्दै सिईओ कार्कीले भने, “ब्रोकर कम्पनी थप हुनुपर्ने विषय उठिरहेको छ । यस विषयमा अध्ययन भइरहेको छ । चाडै ब्रोकर कम्पनीको संख्यामा पुनरावलोकन हुन्छ ।”

पूँजी बजार विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेको भन्दै आवश्यक नीतिगत सुधारका प्रयास पनि उनले बताए ।उनले थपे, “सेयर बजारमा युवा पुस्ताको सक्रियता रहेको छ । बजारप्रति सर्वसाधारणको चासो राम्रो रहेको भन्दै यो पुँजी बजार क्षेत्रका लागि राम्रो कुरा हो । पुँजी बजार विकासका लागि नीतिगत सुधार गर्न नेप्से तयार रहेको छ ।”

विभिन्न समयमा सेयर बजारमा हुने नकारात्मक कुराहरु सुधार गर्न लागिपरेको बताउँदै उनले भने, “परिपक्क पुँजी बजारका लागि सचेतनाका कार्यक्रमहरु गर्न जरुरी रहेको छ । त्यतिमात्र होइन लगानीकर्ताहरुले कसले के किन्यो भन्दा पनि मैले के किन्न लागेको छु, त्यसबारे बुझ्न आवश्यक रहेको छ ।”

बजारलाई परिपक्व बनाउन सेयर बजार र आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने पनि उनको भनाइ थियो ।

Comments

Back to top