कारोबारलाई थप व्यवस्थित बनाउनुपर्छ र ब्रोकर कम्पनी थप्नुपर्छ: अध्यक्ष गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सेयर बजारमा विदेशी लगानी भित्र्याउन सरकारले छिट्टै अध्ययन गर्नुपर्ने बताएका छन् ।
महासंघले शुक्रबार आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव पुँजी बजारमा समेत परेको बताए ।
पुँजी बजार अर्थतन्त्रको ऐना भएको भन्दै गोल्छाले यसको विकासका लागि अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्ने र ब्रोकर कम्पनी थप्नुपर्ने बताए।
५१ लाख ५० हजार डिम्याट खाता पुगेको भन्दै उनले पुँजी बजारप्रति जनचासो व्यापक बढेको बताउँदै बजार विकासका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताए । उनले ब्याजदर महंगो भएको कारण पनि पुँजी बजारलाई नकारात्मक असर गरेको पनि बताए।
Comments